पानी परेपछी आईपीएल प्रभावित बन्दै : खेल रद्द हुँदा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले अंक बाँडे

काठमाडौँ :  इन्डियन प्रमियर लिग (आईपीएल)को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ। गुआहाटीको बार्सापरा रंगशालामा आइतबार राति राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो। खेल रद्द भएपछि दुवै टिमले एक/एक अंक लिएका छन्।

कोलकाताले पहिला नै क्वालिफायर १ खेल्ने पक्का गरेको थियो। क्वालिफायर १ खेल्नका लागि राजस्थानलाई जित्नै पर्ने दबाब रहेको खेल वर्षाका कारण प्रभावित भएपछि अब एलिमिनेटर खेल्नु पर्ने भएको छ। आइतबार लामो प्रतीक्षापछि केवल टस सम्भव भयो, जसमा कोलकाताले टस जितेर पहिले बलिङ रोजेको थियो। तर, लगत्तै पानी परेपछि खेल रद्द भयो। यो खेल रद्द भएपछि दुवै टोलीले एक/एक अंक पाए पनि राजस्थान रोयल्स दोस्रो स्थान गुमाउँदै तेस्रो स्थानमा झरेको छ।

SHIKHAR COOL TECH

कोलकाताको खेलको नतिजा जस्तोसुकै भए पनि पहिलो स्थानमा रहने निश्चित थियो। तर, राजस्थानले जित निकाल्दै १८ अंकसहित दोस्रो स्थानमा उक्लने मौका पाए पनि एक अंक मात्र पाउँदा  १७ अंक मात्रै बनायो। सनराइजर्स हैदरावादको पनि त्यति नै अंक छ। तर, सनराइजर्स हैदरावादको नेट रन रेट राम्रो छ। जसका कारण हैदरावाद दोस्रो स्थानमा उक्लिदा राजस्थान रोयल्स तेश्रो स्थानमा नै चित्त बुझाउन बाध्य भयो।

आईपीएलको क्वालिफायर १ मा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद खेल्ने छन्। यस्तै प्लेअफमा राजस्थान रोयल्सको भेट रोयल च्यालेन्जर्स बेंग्लुरुसँग हुने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार