सुदूरपश्चिमका मुख्‍यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार दिउँसो उनले प्रदेशसभाबाट विश्वासको पाएका हुन्।

प्रदेशसभामा उपस्थित २८  सांसदहरूमध्ये पक्षमा २८  मत विपक्षमा शून्य मत र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले बताए।

Galaxy

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्। नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक-एक सदस्य छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार