दिल्लीमाथि कोलकोताको शानदार जित

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १५४ रनको लक्ष्य पछाएको कोलकोताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो ।

Dengue

यो जितपछि कोलकोताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । दिल्लीको भने यो यस सिजनमा छैटौं हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अंकसहित छैटौं स्थानमा रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार