लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ। 

गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

Dengue

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरे। एक गोल फेर्मिन लोपेजले गरे। भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक एक गोल गरेका थिए।

खेलको ४५औं मिनेटमा भलेन्सियाका गिओर्गी मामर्डाशभिलीले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सिमित भएको थियो।जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ। 

बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ११ अंकले पछाडी रहेको छ। भलेन्सियाको भने ३३ खेलमा ४७ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार