भ्रामक समाचार २४ घण्टाभित्र हटाउन अदालतको आदेश

काठमाडौं : सर्वोच्च अदालतले सिधाकुरा डट कमले प्रकाशन र प्रसारण गरेको भ्रामक समाचार २४ घण्टाभित्र हटाउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले समाचार सामाग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

Dengue

त्यस्तै उक्त विषयसँग सम्बन्धित अन्य कार्यक्रम र समाचार उत्पादन, प्रशारण र पुनः प्रशारण लगायत कुनै कार्य नगर्न अदातलले आदेश दिएको छ ।

त्यस्तै आदेशमा सिधाकुराले उठान गरेको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लङ्घन गरिएको देखिएमा कानुनबमोजिम कारबाही अघि बढाउन र सो को प्रतिवेदन १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गर्नु भनी प्रहरी महानिरिक्षकलाई लेखी पठाउन भनिएको छ ।

सिधा कुराले ‘द डार्क फाइल’ नामक श्रृङ्खला सार्वजनिक गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार