सुहाङको मत साढे १७ हजार कट्यो, अरु कसले कति पाए ?

काठमाडौं : इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाउँदै अघि बढेका छन् ।

जारी मत गणनामा सुहाङले १७ हजार ५६५ मतका साथ अग्रस्थानमा छन् । ५ हजार ६६५ मतान्तरमा सुहाङले लिड गरिरहेका छन् ।

Dengue

नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ११ हजार ८९८ मत प्राप्त गरेका छन् ।

यस्तै मुढा चिन्ह पाएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ७१ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बूले २ हजार ९४४ मत प्राप्त गरेका छन् ।

हालसम्म माङसेबुङ, फाकफोकथुम ,चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ वडा र देउमाई नगरपालिकाको मतगणना सकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार