इलाम- २ मा अग्रता बढाउदै सुहाङ

काठमाडौं : इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता बनाएका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले ११ हजार ९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ७२७५ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ३७३४ मतले अगाडी रहेका छन् ।

Dengue

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ५८६९ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु १५०९ मत प्राप्त गरेका छन् ।

इलाम-२ मा अहिलेसम्म २६ हजार ४३९ मत गणना भएको छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार