न्यूजील्याण्डले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने टिम, को को परे ?

काठमाडौँ : न्यूजील्याण्डले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि न्यूजील्याण्डले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

Dengue

न्यूजील्याण्ड केन विलियम्सनको कप्तानीमा विश्वकप खेल्ने भएको छ । न्यूजील्याण्डको टिममा केनसहित फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चाम्पम्यान, डेभोन कोनवे, लुकी फर्गुसन, माट हेनरी, डार्यल मिचेल, जिम्मी निशाम, ग्लेन फिलिप, रचिन रविन्द्र, मिचेल सान्टनर, इश सोढ़ी र टिम साउथी रहेका छन् ।

न्यूजील्याण्ड टी-२० विश्वकपमा समुह सी मा रहेको छ । यस समुहमा वेस्ट इन्डिज, अफगानिस्तान, पीएनजी र युगाण्डा रहेका छन् । न्यूजील्याण्डले विश्वकपको पहिलो खेल जुन ७ मा अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।
          

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार