इलाममा सुहाङले कटाए १० हजार मत, डम्बर ३ हजार मतले पछाडि,कसको कति ?

इलाम : इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले निरन्तर अग्रता लिएका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।

२४ हजार ७३८ मत सदर हुँदा नेम्वाङले १० हजार ३ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्काले ६ हजार ९४४ मत ल्याएका छन्। डम्बरभन्दा सुहाङ ३०५९ मतले अघि छन्।

Seti Hospital

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५५९१ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १४४३ मत ल्याएका छन्। हाल माङ्सेबुङ गाउँपालिका ४,५,६ नम्बर वडाको मत गणना भइरहेको छ।

शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार