बझाङमा कांग्रेसको अग्रतामा एमालेको धक्का, कसको मत कति ?

काठमाण्डौ : बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले ९ हजार मत कटाएका छन् । अहिलेसम्म २४ हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार १ सय ६७ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ९ हजार ८४  मत ल्याउनुभएको छ ।

कांग्रेस उम्मेदवार सिंह एमाले उम्मदेवार भण्डारीभन्दा ८३ मतले अगाडि हुनुहुन्छ ।

Dengue

त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ५ सय ३५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ३ सय ४७ मत ल्याउनुभएको छ । बझाङमा अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मत खसेको थियो ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनुभएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार