काठमाडौं : इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङ २ हजार ८ सय ५३ मतको अग्रता बनाएका हुन् ।
उनले ९ हजार ४ सय ८४ मत पाउँदा पछ्याउने कांग्रेसका डम्बर खड्काले ६ हजार ६ सय ३१ मत पाएका छन् । पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५९५१ र रास्वपाका मिलन लिम्बूले १४०१ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्