बझाङमा एमालेलाई पछि पारेको कांग्रेसले बढायो अग्रता, कसको मत कति ?

काठमाडौं : बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता बढाएका छन् । सुरूआतदेखिनै एमालेका दमन भण्डारीले अग्रता कायम राखेका थिए । अहिले भने उनी कांग्रेसका सिंह भन्दा २ सय ८४ मतले पछि परेका हुन् ।

यसअघि २ सय ६४ को मतान्तर थियो । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा कांग्रेसका सिंहले ८ हजार ४ सय ९२ मत ल्याएका छन् । उनलाई एमाले उम्मेदवार भण्डारीले ८ हजार २ सय ८ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।

Dengue

माओवादीका जनकबहादुर बुढाले २ हजार ८ सय १५ मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १ सय २ मत पाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार