युएईले विश्वकै ठूलो विमानस्थल बनाउँदै

एजेन्सी : संयुक्त अरब इमिरेट्स (युएई) ले विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ । यसको नाम अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल हुने समाचारमा उल्लेख छ । 

आइतवार, दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतूमले एइडी (युएइको मुद्रा) १२८ बिलियनको लागतमा नयाँ यात्री टर्मिनललाई अनुमोदन गरे । यो विमानस्थल निर्माणको काम सन् २०१३ मा नै सुरु भएको हो ।

Dengue

अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा ठूलो हुनेछ । विमानस्थलमा २६ करोड यात्रु क्षमताको हुनेछ । अहिले रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा ठुलो हुने पनि जनाइएको छ ।

दुबई एयरपोर्टका सबै कामहरु आगामी वर्षहरूमा अल मकतूममा सारिने छ । अल मकतूम एयरपोर्टमा चार सय टर्मिनल गेटहरू र पाँच रनवेहरू पनि समावेश गरिएका छन् ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार