जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक : बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्। उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना तोकेको थियो। 

प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

Seti Hospital

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइए तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो। 

प्रहरीको फरार सूचीमा रहेका तामाङलाई आजै पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले बताए।
रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार