इलाम-२ मा सुहाङलाई २ हजार बढी मतको अग्रता

इलाम : इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गरेका छन्।

Dengue

उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका छन्। डम्बरभन्दा सुहाङ २२६१ मतले अघि छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ५८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १ सय ६२ मत ल्याएका छन्।

अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाउँपालिकाका १,२ र ३ नम्बर वडा गनिसकिएको छ।

अहिलेसम्म १५ हजार ९६८ मत गनिएको हो। १८९ मत बदर भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार