इलाम-२ मा बिहान ११ बजेदेखि मतगणना

इलाम : इलाम-२ मा मतगणना बिहान ११ बजे शुरु हुने भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजे मतगणना थाल्ने निर्णय गरेको हो । 

मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले फाकफोकथुम गाउँपालिकाबाट मतगणना शुरु गर्ने जानकारी दिए। त्यसपछि क्रमश: चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको मतगणना हुनेछ।

Dengue

सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका दुई स्थानमा मतगणना हुनेछ। 

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर ११ वटा सीसीटीभी जडान गरिएको छ।  मतगणनाको नतिजा इलाम चोक बजारको ‘डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार