इन्डियन प्रिमियर लिग : दिल्लीसँग हार्‍यो मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औँ खेलमा मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्ससँग १० रनले पराजित भएको छ । जितका लागि २ सय ५८ रनको विशाल लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६३ रन बनाए । उनले ३२ बलमा ४ चौका र ४ छक्का हिर्काए । त्यस्तै, कप्तान हार्दिक पाण्ड्याले २४ बलमा ४६ रन तथा टिम डेभिडले १७ बलमा ३७ रनको योगदान दिए ।

Dengue

सूर्यकुमार यादवले २६ रन तथा इसान किशनले २० रन प्रहार गरे । दिल्लीका लागि मुकेश कुमार र रासिख सालमले ३–३ विकेट लिए भने खलिल अहमदले २ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ओपनर जेक फ्रासेर म्याकगर्कको विस्फोटक इनिङ्सको मद्दतले ४ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । अस्ट्रेलियन युवा खेलाडीले मात्र २७ बलमा ८४ रन बनाए । उनले ११ चौका र ६ छक्का हिर्काए ।

त्यस्तै, ट्रिस्टन स्टब्सले २५ बलमा ४८ रन तथा साई होपले १७ बलमा ४१ रनको योगदान दिए । अभिषेक पोरेलले २७ बलमा ३६ रन तथा ऋषब पन्तले १९ बलमा २९ रन बनाए ।

१० खेलमा दिल्लीको यो पाँचौँ जित हो । टोली १० अङ्कसहित लिगमा पाँचौँ स्थानमा छ । उता छैटौँ हार बेहोरेको मुम्बई ६ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार