फिलिपिन्स र अमेरिकाले सुरु गरे अहिलेसम्मकै ठूलो संयुक्त सैन्य अभ्यास

एजेन्सी : फिलिपिन्स र अमेरिकाले अहिलेसम्मकै ठूलो संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यस अभ्यासले क्षेत्रीय शान्ति र स्थायित्वलाई खतरामा पार्ने आलोचनाको बीचमा १६ हजार ७ सय भन्दा बढी फिलिपिन्स र अमेरिकी सेनाले सोमवार अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेका हुन् ।

फिलिपिन्स सेनाका अनुसार, १९ दिने अभ्यास सुरु भएको हो । जसलाई बालिकतन २०२४ भनिन्छ । यसमा करिब ५ हजार फिलिपिन्स र ११ हजार अमेरिकी सेनाले भाग लिनेछन् । अस्ट्रेलियन डिफेन्स फोर्स र बालिकाटनको इतिहासमा पहिलो पटक फ्रान्सेली नौसेना पनि सहभागीको रूपमा अभ्यासमा सामेल हुनेछन् ।

Dengue

वार्षिक सैन्य अभ्यासमा जापान र भारतसहित १४ राष्ट्रले पर्यवेक्षकका रूपमा भाग लिनेछन् । सहभागीहरूले सामुन्द्रिक सुरक्षा, वायु र मिसाइल रक्षा, गतिशील मिसाइल स्ट्राइक, साइबर रक्षा, र सूचना अपरेसनहरू सहित डोमेनहरूमा जटिल मिसनहरूको दायरा कार्यान्वयन गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार