‘मिडियामा सुधार हुनुपर्ने आवाज उठ्दो छ’

काठमाडौँ : केही वर्षयता नेपाली मिडियामा सुधार हुनुपर्ने आवाज उठ्न थालेको छ। अर्कालाई प्रश्न गर्ने मिडियालाई जनताले नै प्रश्न गर्न थालेका छन्।

मिडियाले आफूमाथि उठेका प्रश्नको जवाफ दिन सकेका छैनन्। मिडियाले आफूमाथि उठेका प्रश्नको उत्तर दिनु नै नपर्ने हो र? अहिले सबैले एकीकृत रूपमा उठाएको प्रश्न हो यो। आर्थिक मन्दीमा मिडिया पनि कमजोर बनिरहेको देखिन्छ। यसको बहुआयामिक असर पनि देखिँदै छ। आर्थिक मन्दीका कारण मिडियाले पनि समाचार सामग्रीको गुणस्तर दिन सकेका छैनन्।

Seti Hospital

देश कमजोर भएका वेला मिडिया बलियो भएर उभिँदा छिट्टै माथि उक्सिएको देखिन्छ तर हामी ठिक विपरीत भोगिरहेका छौँ। नेपालमा विकसित भइरहेको राजनीतिमा मिडिया र मिडियाले राजनीति गरेको विषय पेचिलो छ। राजनीतिक दलको अभीष्टमा मिडिया बहकिँदा जनमानस दिग्भ्रमित भएको छ।

राजनीतिक घटनाक्रमलाई प्रकाशन र प्रशारण गर्दा पक्ष र विपक्षमा मिडिया बाँडिएको छ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागमा अध्यापनरत डा. कुन्दन अर्यालले जिम्मेवारीयुक्त पत्रकारिता र अभ्यास हुन नसकेको बताए। समयानुकूल कानूनी विधि र संरचना परिवर्तन नहुँदा पत्रकारिताको अभ्यासमा विकृति देखिन थालेको बताए।

यसैगरी पूर्व सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले मिडिया अभिव्यक्ति स्वतन्त्रताको वाहक भए पनि जिम्मेवार हुन नसकेको बताए। उनले मिडियालाई कानूनले बाँध्नुभन्दा पनि बढीभन्दा बढी जिम्मेवार बनाउनु आवश्यक रहेको बताए। अध्यापक डा. अर्यालले पत्रकारिताका व्यावसायिकताको अन्तरसम्बन्धको गहन पुनरवलोकन गर्न आवश्यक रहेको बताए।

पूर्वमन्त्री रिजालले राजनीतिक दलहरूले सत्तामा र सत्ता बाहिर रहेका वेला व्यवहार फरक गरेको भन्दै यसको असर समाजमा पर्ने गरेको बताए। नेपालको राजनीतिक विकास र पत्रकारिताको विकास सँगसँगै भएकाले धेरै कुरा छुट्याएर हेर्न नसकिने तर्क गरे।

समग्र विकासको प्रवाहमा पत्रकारिताको विकासका लागि पनि कार्यक्रम बनाउन आवश्यक रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार