त्रिविमा ७६ सय कर्मचारी तर पनिका भन्छ : जनशक्ति अभावले नतिजा ढिलो

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले त्रिविमा ७ हजार ६७४ जना कर्मचारी रहेको जनाएको छ। त्रिविका उपकुलपति प्रा.डा केशरजंग बरालले सार्वजनिक गरेको त्रिविको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोचपत्रमा हाल उक्त संख्यामा कर्मचारी रहेको उल्लेख छ।

यस्तै, ५ अध्ययन संस्थान, ४ संकाय र अनुसन्धान केन्द्रहरूमा ८ हजार ३४० शिक्षकहरू रहेको पनि त्रिविले जनाएको छ। यसको अतिरिक्त आंगिक क्याम्पसहरूमा करारमा, कोर्स करारमा र आंशिकमा शिक्षकहरू ठूलो संख्यामा रहेको सोचपत्रमा उल्लेख छ।

Dengue

‘आंगिक क्याम्पसहरूले ठूलो संख्यामा विश्वविद्यालयको स्वीकृति लिएर आन्तरिक स्रोतबाट तलब दिने गरी करारमा शिक्षकहरूलाई नियुक्ति दिएको छ, विश्वविद्यालयहरूमा केही केन्द्रीय विभागहरूमा र आङ्गिक क्याम्पसहरूमा केही शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छैनन् र शिक्षक मात्र छन्, कहीँ विद्यार्थी संख्याभन्दा बढी शिक्षक छन्,’ सोचपत्रमा उल्लेख छ।

ठूलो संख्यामा कर्मचारीहरू रहे पनि त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले भने समयमा नतिजा प्रकाशन नभएको विषयमा जिज्ञासा राख्दा कर्मचारी थोरै भएकाले ढिलाइ हुने जवाफ दिँदै आएको छ। पनिकाले परीक्षा लिएको एक वर्षभन्दा बढी समयसम्म पनि नतिजा प्रकाशन नगर्ने समस्या कायमै छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार