बैतडीमा भलिबल प्रतियोगिताको तयारी

बैतडी : बैतडीमा पालिकास्तरीय खुल्ला महिला तथा पुरूष भलिबल प्रतियोगिताको तयारी भएको छ। नेपाल खेलकुद महासंघ बैतडीको आयोजनामा आगामी जेठमा यो प्रतियोगिता हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहका खेलाडीबीच महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने महासंघका जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र चन्दले बताए। प्रतियोगिता आगामी ३ जेठमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा उद्घाटन गरिने जनाइएको छ।

Seti Hospital

प्रतियोगिताको ७७ हजार ७७७ रुपैयाँ धनराशी प्रथम पुरस्कार रहेको छ। प्रतियोगिताको दोस्रो पुरस्कार ५५ हजार ५५५ रुपैयाँ रहेको छ भने तेस्रो पुरस्कार ४४ हजार ४४४ रुपैयाँ र सान्त्वना पुरस्कार ३३ हजार ३३३ रुपैयाँ रहेको छ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था छ। नगद पुरस्कारको साथमा मेडल र ट्रफि प्रदान गरिने जनाएको छ।

प्रतियोगिताको उदघाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने छन्। यस प्रतियोगितासँगै पर्यटन महोत्सवको समेत आयोजना गरिनेछ।

प्रशिद्ध निङलाशैनी भगवती मन्दिरको प्राङ्गणमा हुने प्रतियोगिताको उद्घाटन सत्रमा बैतडीमै जन्मिएका वरिष्ठ गायक तिलकसिंह पेला, महेशकुमार औजी, अन्तराम बिष्ट, शेरी औजी, भानुभक्त जोशीलगायत कलाकारलाई आमन्त्रण गरिने महासंघका जिल्ला इन्चार्ज मनोज ठकुराठीले बताए।

करिब १ सातासम्म संचालन हुने उक्त कार्यक्रम अवधिभर जिल्लामा भलिबलको विकासका लागि योगदान दिएका व्यक्ति, कलाकारलाई अभिनन्दन गरिने आयोजकले जनाएको छ।

भलिबल अन्तरराष्ट्रिय नियमका आधारमा खेलाइने छ। प्रतियोगिताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार