एसीसी प्रिमियर कप : रित्तो हात स्वदेश फर्किँदै नेपाल

काठमाडौँ : हङकङसँग हारसँगै नेपालले एसीसी ट्वान्टी-२० प्रिमियर कप क्रिकेटमा निराशाजनक यात्रा टुंग्याएको छ । ओमानमा भइरहेको प्रतियोगितामा हङकङसँगको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो ।

समूह चरणको लगातार चार खेल जितेर सेमिफाइनल पुगेको नेपाल लगातार दुई खेलमा पराजित भएको हो । अघिल्लो दिन सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । सेमिफाइनलमा हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना सकिएको थियो ।

Dengue

हङकङलाई जितेको भए तेस्रो स्थान हात पार्दै नोभेम्बरमा हुने भनिएको एसीसी इमर्जिङ कपका लागि छनोट हुने थियो । नेपालको त्यो सम्भावना पनि समाप्त भएको छ ।

इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ । हङकङ सहित फाइनल पुगेका ओमान र युएई सो प्रतियोगितामा छनोट भएका हुन् ।

नेपालको उपाधि आकांक्षा सहित लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा युएई शुक्रबार बाधक बनेको थियो । प्रिमियर कपको विजेताले एसिया कप खेल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार