गठबन्धनमा खटपटको संकेत

काठमाडौं : सत्ता समीकरणमा फेरि दरार उत्पन्न भएको छ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा सरकार बनाउन केन्द्रीय समझदारीविपरीत नेपाली कांग्रेसलाई साथ दिएपछि गठबन्धन दलमा दरार उपन्न भएको हो । समीकरण बनेको डेढ महिनामै सत्तारूढ दलहरू फेरि टाढिन थालेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति तोडेको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिमबाट विद्रोह गरेपछि समीकरणमा रहेका दलहरूबीच दूरी बढेको छ । दूरी बढ्ने मात्रै होइन एकीकृत समाजवादीको कदमपछि गठबन्धनमा तरंग पैदा भएको छ । सुदूरपश्चिममा देखिएको फेरबदललाई कतिपयले नयाँ गठबन्धनमा फेरि उथलपुथलको संकेतका रूपमा समेत लिएका छन् । यसअघि गत फागुनमा नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले आफू रहुन्जेल उथलपुथल भइरहने बताउनुभएको थियो । तर, यसपालि उथलपुथलको सुरुवात एकीकृत समाजवादीले गरेको छ ।

तर, कारण भने प्रचण्ड-ओलीलाई नै मानिएको छ । एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्री पहिले आफूहरूले पाउने सहमति भएको दाबी गर्दै आएको छ । आफ्नो भागमा परेको मुख्यमन्त्री नागरिक उन्मुक्तिलाई दिन खोजिएपछि असन्तुष्ट एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेसले समर्थन गरेका लक्ष्मण किशोरलाई साथ दिएको हो । आइतबार नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्षीय लक्ष्मणकिशोर चौधरी र अध्यक्ष रञ्जीता श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । सुदूरपश्चिममा कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि नयाँ सरकार गठन गर्न थालिएको हो । यसअघि प्रचण्ड र ओलीले सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एसलाई दिने सहमति गरेका थिए । तर, उनीहरूले सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति गरेपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो । सुदूरपश्चिममा देखिएको राजनीतिक परिदृष्यको असर अन्य प्रदेशमा समेत पर्नसक्ने ठानिएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार