गौशाला–२६ को सक्कल निवेदन र जन्मदर्ता झिकाउन आदेश

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी कागजात झिकाउन आदेश दिएको छ ।

अदालतले जन्मदर्ता भएको तादी गाउँपालिका २ मा पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल र जन्मदर्ता प्रमाणपत्र झिकाउन आदेश दिएको हो । न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले उक्त आदेश दिएको हो ।

SHIKHAR COOL TECH

उच्च अदालतले २०७५ पुस १८ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न भनेको छ । गत पुसमा जिल्ला अदालत काठमाडौँले लामिछानेमाथि ८ वर्ष कैद र जरिवाना तथा क्षतिपूर्ती गरी ५ लाख तिराउन आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पुगेका हुन् ।

आदेशमा भनिएको छ, ’यसमा तादी गाउँपालिका २ नम्बर वडा कार्यालयबाट २०७९।०७।२९ को पत्र एवम् २०८०।०२।०९ को पत्रबाट गौशाला २६ ले जन्म मिति २०६२।०२।१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकोले मिति २०७९।०३।१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनी जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्न दिएको निवेदनको सक्कलै प्रति एवम् २०८०।०२।०९ को पत्रसाथ संलग्न भएको भनिएको मिति २०७५।०९।१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति तादी गाउँपालिका २ को कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्नुहोला ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार