मछिन्द्रलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं : नेपाल पुलिस क्लबले १४औँ जितपुरसिमरा गोल्डकप फुटबलको उपाधि जितेको छ। 

 सोमबार मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले उपाधि हात पारेको हो । 

Dengue

नौ वर्षपछि फाइनल पुगेको पुलिसले दोस्रोपटकको प्रयासमा च्याम्पियन ट्रफी उचालेको हो। निर्धारित तथा थप भएको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको थियो । 

मच्छिन्द्रका दुई खेलाडीले रातो कार्ड पाउँदा नौजना खेलाडीमा टोली सीमित भएको थियो । यद्यपि, पुलिसले यसको फाइदा लिन सकेन । टाइब्रेकरमा मच्छिन्द्र र पुलिसले सुरुवाती ३–३ गोल गरेका थिए । मच्छिन्द्रका खेलाडीले चौथो र पाँचौँ प्रहार पुलिसका गोलरक्षक अमितले उत्कृष्ट बचाएका थिए।  

हारसँगै मच्छिन्द्रको मोसफलमा आयोजना भएको चौथो उपाधि जित्ने सपना अधुरो भयो । यसअघि मच्छिन्द्रले विराटसहित मकवानपुर र केपी ओली कप उपाधि जितेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार