कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द

कञ्चनपुर: कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका मंगलबारदेखि तीन दिनसम्म बन्द हुने भएको छ। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको हो। कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार भारतमा लोकसभा निर्वाचन हुने भएकाले नाका बन्द गर्न लागिएको हो। 

Dengue

मंगलबार साँझ सवा ५ बजेदेखि मतदान नसकिउञ्जेलसम्म नेपाल-भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । स्वास्थ्य सेवाका लागि भने नाका खुला नै रहने निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार