यी प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना

काठमाडौं : सुदूरपश्चिम र मधेशबाहेक प्रदेशका पहाडी क्षेत्रमा शनिबार मध्याह्नपछि हुरीबतासको सम्भावना छ। काठमाडौं उपत्यकामा पनि मध्याह्नपछि हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

यी भूभागका सबैलाई सचेत रहन समेत मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

कोशी र कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। उनका अनुसार दिउँसो अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार