समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने वेला आयो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवीन अवसरको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने वेला आएको बताएका छन्।

 नयाँ वर्ष २०८१ को शुभकामना सन्देश दिँदै सभापति देउवाले लामो त्याग, संघर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौती सामना गर्नुपर्ने बताएका छन्। 

Dengue

सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकाय मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक भएको उनले जारी गरेको सन्देशमा उल्लेख छ।

उनले नयाँ वर्ष २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेकानेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार