तीन हप्तामा ‘महाजात्रा’ ले कमायो २३ करोड

काठमाडौं : ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ।  देशभरका हलमा प्रदर्शनरत फिल्मले तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको छ। 

निर्माण पक्षले नेपालमा चौध करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक गरेको छ। दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ। डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट अनुसार ‘महाजात्रा’ ले विदेशमा अघिल्ला नेपाली चलचित्रको रेकर्ड ब्रेक गरिसकेको छ। 

पछिल्लो समय विश्वस्त हुन् नसकेका दर्शकले ‘महाजात्रा’ हेर्न परिवार नै लिएर हल आउन बाध्य भएको एमएसएमले जनाएको छ। फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ नयाँ वर्षमा पनि आक्रामक व्यापार गर्ने अनुमान प्रदर्शक र वितरकले गरेका छन्। निर्माता म्याक्स दीपेश खत्रीले फिल्मलाई प्राप्त शोमा दर्शकको उपस्थिति बलियो देखिएको जानकारी दिए।

‘हामीले प्राप्त गरेको शोमा अकुपेन्सी उल्लेख्य हुनुका साथै हाउसफुल पनि भइरहेको छ। चौथो सातामा प्राप्त गरेको यो मायाले हामीलाई अझैँ दायित्व थप्दै मेहनती बन्न प्रेरित गरेको छ। हामीले आगामी दिनमा दर्शकको विश्वास बढ्ने फिल्म नै बनाउने छौँ’, निर्माता खत्रीले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार