वर्षाले घटाएन वायु प्रदूषण, काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौं : देशभर बुधबार र बिहीबार पानी परेपनि प्रदूषण र तुवाँलो भने कायमै छ । एक सातादेखि हरेक दिन मानव स्वास्थ्यलाई हानि गर्ने स्तरमा प्रदूषणको तह पुग्दै आएकोमा वर्षा भएपनि त्यो कायमै रहेको हो ।

आज बिहान साढे ९ बजेको रेकर्ड अनुसार  काठमाडौं विश्वकै दोस्रो सबैभन्दा बढी वायु प्रदूषण भएको सहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार काठमाडौं विश्वको दोस्रो बढी वायु प्रदूषण भएको सहर रहेको छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स १७९ रहेको छ ।

Dengue

पहिलो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २८७ रहेको छ । अहिले काठमाडौं र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार