सामुदायिक विद्यालयको नतिजामा सुधार आएपछी उपमहानगर सन्तुष्ट, आगामी बर्ष अझै छलाङ मार्ने योजना

धनगढी : कैलालीको धनगढीमा सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यस वर्ष सुधार भएको छ । ८ कक्षाको परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ ।

यस बर्ष सामुदायिक विद्यालयको नतिजामा सुधार आएपछी उपमहानगर सन्तुष्ट देखीन्छ । मेयर गोपाल हमालको निरन्तर अनुगमन र निर्णय तथा बिधालयको प्रयास पछी नतिजामा केही उल्लेख्य सुधार भएको देखिन्छ। आगामी बर्ष यस नतिजालाई अझै बढाउने उपमहानगरको लक्ष्य रहेको छ ।

Dengue

गत वर्ष परीक्षामा सहभागी भएकामध्ये पहिलो चरणमा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । यस वर्ष सामुदायिक विद्यालयबाट पहिलो चरणमा ३१ प्रतिशत विद्यार्थी सफल भएका छन् ।

गत वर्ष १७ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएकोमा यस वर्ष कुनै पनि सामुदायिक विद्यालयको नतिजा शून्य छैन । शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक आएको उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए ।

‘यो वर्ष गत वर्षको तुलनामा ८ कक्षाको परीक्षाको नतिजामा सुधार देखिएको छ । यो वर्षको नतिजालाई सन्तोषजनक भन्न मिल्छ,’ खातीले भने ।

यस वर्ष धनगढीका ४२ वटा सामुदायिक विद्यालयका ३ हजार ५२४ विद्यार्थी ८ कक्षाको वार्षिक परीक्षामा सम्मीलित भएका हुन् । परीक्षामा सम्मिलित भएकामध्ये १ हजार ९० जना विद्यार्थी आधारभूत तहको पहिलो चरणको परीक्षामा सफल भएका छन् । ‘गत वर्ष ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै पहिलो चरणमा सफल भएकोमा यस वर्ष ३१ प्रतिशत विद्यार्थीले ९ कक्षामा भर्ना हुन आवश्यक ग्रेड हासिल गरेका छन् । गत वर्षदेखि परीक्षा सञ्चालन, परीक्षण तथा नतिजा प्रकाशन व्यवस्थित भएकाले यो वर्ष नतिजामा पनि सुधार भएको छ । 

शिक्षा महाशाखा प्रमुख खातीले भने ‘ यस बर्ष  ५८ दशमलव ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् , आगामी बर्ष अझै छलाङ मार्ने योजना रहेको छ ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार