डढेलोमा परेका एक बालकको मृत्यु, दुईजनालाई उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं : त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका एक बालकको मृत्यु भएको छ ।

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। डढेलोमा परेका दुईजनालाई थप उपचारका लागि काठमाडौं पठाउन लागेको दाहालले बताए।

Seti Hospital

त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौं ल्याउन हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए। 

गाउँ नजिक रहेको वनमा बिहीबार गुच्ची च्याउ टिप्न गएका  बालबालिका  अपराह्न गम्भीर घाइते भएका हुन्। उनीहरूलाई उद्धार गरेर साँझ जिल्ला अस्पताल पुर्‍याइएको थियो। 

गत मङ्गलबार डोल्पाको ठूलीभेरी नगरपालिका-४ स्थितमष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका नेपाली सेनाका चार जवानमध्ये तीन जनाको मृत्यु भएको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार