ओली फर्किएको सेनाको हेलिकप्टर मन्थलीमा आकस्मिक अवतरण

रामेछाप :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोली बिहीबार मन्थली विमानस्थलमा आकस्मिक अवतरण गर्‍यो।

ताप्लेजुङको ओलाङचुङगोला पुगेका अध्यक्ष ओली ओली, एमाले सचिव एवं उपप्रधानमन्त्री तथा भौतिक, यातायात तथा पूर्वाधार मन्त्री रघुवीर महासेठ, एमाले सचिव एवं पूर्व मन्त्री योगेश भट्टराई, रक्षा मन्त्री हरि उप्रेती, राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षितिज थेवे लगायतको टोली बिहीबार अपराह्न काठमाडौंको मौसम बिग्रिएपछि मन्थली आकस्मिक अवतरण गरेको हो। सो टोली ताप्लेजुङबाट नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं फर्कँदै थियो।

Dengue

आकस्मिक रूपमा मन्थली उत्रिएको टोलीलाई एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, एमाले रामेछापका सचिव पुरुषोत्तम कँडरिया, उपसचिव प्रकाशकुमार कार्की, एमाले मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे, जिल्ला तथा नगर पार्टीका नेताहरू, निर्वाचित जनप्रतिनिधि, युवा, विद्यार्थी लगायतले स्वागत गरे।

सो क्रममा पार्टी जिल्ला अध्यक्ष, मन्थली नगरपालिका प्रमुख तथा नगर पार्टी अध्यक्ष लगायतका नेताहरूले मन्थली विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइदिन माग गरे। 

एमाले अध्यक्ष ओलीले त्यसको लागि आवश्यक कागजात लिएर काठमाडौं आउन आग्रह गर्दै सो माग सम्बोधन हुने आश्वासन दिए।

मन्थली विमानस्थल एमाले सचिव योगेश भट्टराई पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको बेला स्तरोन्नति भएको थियो। अहिले सो विमानस्थलमा पर्यटन सिजनमा सोलुको फाप्लुका लागि चार्टर उडान मात्र सञ्चालन हुँदै आएका छन्। 

काठमाडौंबाट सबैभन्दा नजिकको सो विमानस्थलमा न त काठमाडौंबाट नियमित उडान सञ्चालन छ न रामेछाप फाप्लुकै नियमित उडान सञ्चालनमा छ। जसले गर्दा स्थानीयले सो विमानस्थलबाट सेवा लिन पाएका छैनन्।

रामेछाप काठमाडौंसँग मोटर बाटोमा जोडिएपछि यात्रु सङ्ख्या कम हुने भन्दै विमान कम्पनीले नियमित सेवा बन्द गरेका छन्।
रामेछापमा स्थानीयसँगको सम्वादपछि ओलीसहितको टोली बिहीबार नै काठमाडौं फर्कियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार