एसीसी टी–२० प्रिमियर कप :आज नेपालको पहिलो खेल मलेशियासँग‚ यस्तो छ तालिका

काठमाडौँ : एसीसी टी–२० प्रिमियर कपमा नेपालले आज मलेशियासँग खेल्दै छ।

आज ओमानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ।

Dengue

तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी मलेशियासँग खेल्दै नेपालले एसीसी प्रिमियर कपको शुरु गर्न लागेको छ। 

डिफेन्डिङ च्याम्पियन नेपालले एसीसी प्रिमियर कपको उपाधि रक्षा गरे अर्को वर्ष एशिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर प्राप्त हुनेछ।

खेल तालिकाअनुसार नेपालले नयाँ वर्षको दिन शनिवार दिउँसो सवा ४ बजे कतारको सामना गर्नेछ भने वैशाख ३ गते सोमवार हङकङ्सँग खेल्नेछ। हङ्कङसँगको खेल नेपाली समयअनुसार पौने १२ बजे शुरु हुनेछ।

नेपाल र साउदी अरेबियाबीचको खेल वैशाख ५ गते बुधवार दिउँसो पौने १२ बजे शुरु हुनेछ। 

प्रतियोगिताको समूह ए मा नेपाल, मलेशिया, साउदी अरेबिया, कतार र हङकङ छन् भने समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन्। 

प्रतियोगिता अन्तर्गत आज नै समूह बी का ओमान र बहराइन तथा यूएई र कुवेतबीच प्रतिष्पर्धा हुँदै छ भने समूह ए तर्फको अर्को खेलमा हङकङ्ले कतारको सामना गर्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार