महेश बस्नेतविरुद्ध भ्रुण हत्या र बलात्कार आरोपमा जाहेरी दर्ता

काठमाडौँ : नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ। एक युवतीले बस्नतेलाई भ्रुण हत्या, बलात्कार र डाँका चोरी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन्। 

पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता गरिएको प्रहरीले बताएको छ। बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन्। बस्नेतमाथि २ महिना १५ दिनको भ्रुण हत्या गरेको पनि आरोप छ। 

Seti Hospital

औषधि खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गरेको पीडितले आरोप लगाएकी छन्। बलात्कार र भ्रुण हत्याको प्रमाण लुकाउन बस्नेतको निर्देशनमा आफ्नो अपर्टमेन्टमा डाँका चोरीसमेत गरिएको दावी पीडितले गरेकी बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार