मुम्बईले पहिलो जित निकाल्दा, लखनउले गुजरातलाई हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले यो सिजनमा पहिलो पटक जितेको छ यस्तै गुजरात टाइटन्स लखनउ सुपरजाइन्टसँग पराजित भएको छ। 

आइतबार भएको पहिलो खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो।  मुम्बईले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ७१ रन बनाए। मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए।

Dengue

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।  मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४९ रन बनाए। दिल्लीका लागि अक्क्षर पटेल र एनरिक नोर्ट्जेले २–२ विकेट लिए। 

 पाँच पटकको विजेता मुम्बई यो सिजनमा ४ खेलमा  पलिहो जत निकालेको छ दिल्ली भने ५ खेलमा १ जित सहित पुछारमा छ।

गएराति नै भएको अर्को खेलमा लखनउ सुपर जाएन्ट्सले गुजरात टाईटन्सलाई ३३ रनले हराएको छ। 

लखनउले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो। गुजरातका लागि साई सुदर्शनले ३१ रन बनाए। लखनउका लागि यश दयालले ५ विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो। लखनउका लागि मार्कस स्टोइनिसले सर्वाधिक ५८ रन बनाए। लखनऊका लागि उमेश यादव र दर्शन नलकन्डेले २–२ विकेट लिए। 

जितपछि लखनऊ ४ खेलमा ३ जित सहित तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जित सहित सातौं स्थानमा छ।

आईपीएलमा आज चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार