एसएमएस फ्रेन्डशिप कप जित्यो नेपालले‚ १८ रनले गुजरात पराजित

काठमाडौँ : भारतीय राज्य गुजरातको वापीमा भएको एसएमएस फ्रेन्डशिप कप नेपालले गुजरातलाई १८ रनले पराजित गर्दै जितेको छ।

नेपालले पहिला ब्याटिङ गर्दै जितका लागि दिएक १७७ रनको लक्ष्य गुजरातले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रनमा बनाएपछि १८ रनले पराजित भएको हो।

Dengue

गुजरातका ओपनरले दरिलो शुरुवात गरे। २३ बलमा ३६ रन बनाएर ओपनर आर्या देसाई आउट हुँदा गुजरातको स्कोर १ विकेटमा ५४ रन थियो। उनलाई करण केसीले कुशल मल्लबाट क्याच आउट गराए।

१५ बलमा १७ रन बनाएकाअर्का ओपनर रुद्रा पटेललाई कुशल मल्लले बोल्ड गरे। गुजरातको कुल स्कोर ६० रन हुँदा दोस्रो विकेट खस्यो।

जयमित पटेलले १३ बलमा १५ रन बनाए। उनी आउट हुँदा गुजरात ३ विकेटमा ९३ रन थियो। उमंग तान्डेलले २८ बलमा ४० रन बनाएर आउट भए। 

प्रियेश पटेलले रन ३ बलमा १ रन बनाएर अभिनाश बोहोराको बलमा बोल्ड भए। हर्ष पटेल ७ बलमा १५ रन बनाएर आउट भए।

स्मित पटेल ४ बलमा ४ रनमा आउट  हुँदा गुजरातको सातौँ विकेट १३३ रनमा खसेको थियो। तेजस पटेलले ४ बलमा ६ रन बनाए। 

नेपालका लागि अविनाश बोहोराले ३ विकेट‚ दिपेन्द्रसिंह ऐरीले २ विकेट‚ करण केसी र कुशल मल्लले १/१ विकेट लिए।

यसअघि साई मेघपन स्पोर्ट्स लाइफ खेल मैदानमा पाहुना कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन बनाउँदै गुजरातलाई १७७ रनको लक्ष्य दिएको थियो।

यसअघिका खेलको तुलनामा आज पिच स्लो रहेकाले बलरभन्दा पनि ब्याट्सम्यानका लागि सहज देखिएको थियो। फाइनलअघिका खेलमा भने पिचले तीव्र गतिका बलरलाई मद्दत गरेको थियो।

नेपाली ओपनरले टोलीलाई राम्रो शुरुवात दिलाउन नसके पनि दोस्रो विकेटमा भने राम्रो साझेदारी गरेका थिए। कुशल भुर्तेलले २१ बलमा १९ रन र आसिफ शेखले ३४ बलमा ३४ रन बनाएर आउट भए।

यसपछि क्रिजमा आएका पाहुना कप्तान रोहित पौडेलले ४७ बल ७४ रन बनाएर आउट भए। दिपेन्द्रसिंह ऐरीले ३ बलमा ७ रन हानेर आउट भए। 

कुशल मल्ल १३ बलमा ३१ रन र सन्दीप जोरा ३ बल खेलेर ७ रनमा अविजित रहे।

गुजरातका लागि जयमित पटेल‚ शेन पटेल‚ तेजस पटेल र झाला युवराजसिंहले १/१ विकेट लिए।

नेपालले आज टोलीमा ४ खेलाडी परिवर्तन गरेको छ। यसअघिको खेलमा विश्राम गरेका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेख आज प्लेइङ ११ मा फर्किएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार