काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक साँझ ५ बजे बस्ने गरी बोलाइएको हो ।
संसद्को कामकारबाहीमा पार्टीको भूमिका र उपस्थिति अझ प्रभावकारी बनाउन बैठक बस्न लागिएको सचेतक निशा डाँगीले जानकारी दिइन् । पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे पनि छलफल हुनेछ ।
समसामयिक राजनीतिक विषय, उपनिर्वाचनको तयारीबारे पनि बैठकमा छलफल हुने सचेतक डाँगीले जानकारी दिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका २१ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्