नेपाल ए ले आयरल्याण्ड उल्भ्सँग तेस्रो एकदिवसीय खेल्दै

काठमाडौं : नेपाल ए टिमले आयरल्यान्ड उल्भ्ससँग आज तेस्रो एक दिवसीय खेल खेल्दैछ। 

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सिरिज भने गुमाइसकेको छ।

SHIKHAR COOL TECH

नेपालले पहिलो र दोस्रो दुवै लो स्कोरिङ म्याच गुमाएको थियो। पहिलो खेलमा कमलसिंह ऐरीले ह्याट्रिक सहित ४ विकेट लिएपछि पाहुना टोली ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भएको थियो। स्पिनरद्वय शाहब आलम र मौसम ढकालले दुई(दुई विकेट लिएका थिए।

यस्तै दोस्रो खेलमा पनि नेपालले १७४ रनको लक्ष्य भेट्टाउन सकेको थिएन। नेपालले ६० रनमा सबै विकेट गुमाएर लज्जास्पद हार बेहोरेको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार