कांग्रेस प्रवक्ता महतको दावी : इलाम–२ मा निर्वाचन जित्छौँ

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दावी गरेका छन्।

पार्टीको काठमाडौँ क्षेत्र नम्बर २ ले शनिवार आयोजना गरेको एक कायक्रममा बोल्दै उनले सिंगो पार्टी पंक्ति एकीकृत भएर लाग्ने हो भने विगतमा ११४ मतले हारेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा आफ्नो पार्टीले जित्न सक्ने जिकिर गरे।

Dengue

प्रवक्ता महतले पार्टीको जिल्ला सभापतिसमेत रहेका डम्बर खड्कालाई पार्टीले जित्ने भएकाले उम्मेदवार दिएको पनि बताए। 

उनले बझाङको प्रदेश १ को उपनिर्वाचनमा पनि कांग्रेसले जित हासिल गर्न सकिने भएकाले एकताबद्ध भएर प्रचार अभियानमा जुट्नुपर्ने आवश्यकता औँल्याए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार