नेतान्याहूविरुद्ध इजरायलका १०औँ हजार मानिस सडकमा

काठमाडौं : गाजामा युद्धविरामको पहल नगरेको भन्दै इजरायली नागरिक प्रधानमन्त्री बेन्जामिन नेतन्याहूप्रति आक्रोशित बनेका छन्। 

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै हजारौँ मानिसहरु सडकमा निस्किएको एजेन्सीहरुले जनाएका छन्। राजधानी तेल अभिव वरपर कम्तीमा ५० ठाउँमा प्रदर्शन भएको छ। प्रदर्शनकारीले प्रधानमन्त्री नेतन्याहूले युद्धविरामको पहल गरेको भए हमासबाट बन्धक बनाइएकाहरुको ज्यान जोगिन सक्ने बताइरहेको समाचार एजेन्सीहरुको भनाइ छ। 

Dengue

हालै मात्र हमासद्वारा बन्धक बनाइएका एक इजरायलीको इजरायली सेनाकै आक्रमणमा मृत्यु भएको थियो। प्रदर्शनकारीले प्रधानमन्त्री नेतन्याहूको राजीनामा समेत मागेका छन्। सात अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा एक हजारभन्दा बढीको मृत्यु भएको थियो भने झण्डै ३ सय जनालाई अपहरण गरी बन्धक बनाएको थियो। 

जसमध्ये नेपालका बीपीन जोशीसहित झण्डै ५० जना अझै पनि हमासको कब्जामा छन्। त्यसयता इजरायलले जारी राखेको आक्रमणमा ३५ हजार गाजबासीको मृत्यु भइसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार