एसएलआरको गोलीसहित एक जना पक्राउ

नवलपुर : एसएलआरमा प्रयोग हुने गोलीसहित पूर्वी नवलपरासी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी नवलपरासीस्थित बिनयी–त्रिवेणी गाउँपालिका–७ का २९ वर्षीय राहुल थापा रहेका छन्। 

उनलाई नेपाल–भारत सीमामा रहेको त्रिवेणीस्थित गण्डक ब्यारेज पुलबाट शुक्रबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेद बहादुर पौडेलले जानकारी दिए । 

Seti Hospital

शंकास्पद अवस्थामा रहेका उनलाई खानतलासी गर्दा ५ थान गोली बरामद भएको हो । बरामद भएको गोलीमध्ये ३ वटा एसएलआर–३ मा र २ वटा थ्रिनट थ्रि राइफलमा प्रयोग हुने रहेका छन् । गोलीसहित पक्राउ परेका थापामाथि आवश्यक अनुसन्धान भइरहेको र उनीमाथि हातहतियार खरखरजना अन्तरगत मुद्दा प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार