श्रीलंकन नागरिकलाई बन्धक बनाउने ४ पाकिस्तानी पक्राउ, ४ को उद्धार

काठमाडौँ : श्रीलंकन नागरिकलाई बन्धक बनाउने ४ जना पाकिस्तानी पक्राउ परेका छन्। युरोप पठाउने भन्दै श्रीलंकाबाट नेपाल ल्याएर काठमाडौँमा बन्धक बनाउने कार्यमा संलग्न रहेका पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरू जुबेर अम्जाद, शाहजेहान तानबीर, मलिक अब्दुल हमिद र आरिफ मसिह रहेका छन्। 

Galaxy

अनुसन्धानमा वैदेशिक रोजगारका लागि क्यानडा, रोमानिया, ग्रीसलगायतका देशहरूमा पठाइदिने विश्वास दिलाई श्रीलंकाबाट नेपाल ल्याई पीडितहरुलाई उपत्यकाका विभिन्न स्थानका होटलमा राखेका पाइएको छ।  

ती गिरोहले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की दिइ, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्कसमेत गर्न नदिएर बन्धक बनाएका थिए। उनीहरुले पीडितका नगदसमेत लिई जबर्जस्ती बन्धक बनाएका बताइएको छ।  

उनीहरुलाई अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलेजनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार