जसपापछि नेसपाले पनि इलाम २ मा स्वतन्त्र उम्मेदवार थेगिमलाई सघाउने

कैलाली : डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई सघाउने भएको छ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले पनि यसअघि नै पहिचानवादीतर्फका स्वतन्त्र उमेदवारलाई थेगिमलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।

Dengue

नेसपा प्रवक्ता कृष्ण शर्माले शुक्रबार विज्ञप्ति निकाल्दै समतामुलक समृद्धि, पहिचान र सामार्थ्यसहितको संघीयता, सुशासन-सदाचार, राष्ट्रिय स्वाधीनता र समुन्नत समाजवादका पक्षधर थेगिमलाई मतदान गर्न इलाम २ का मतदातालाई आग्रह गरेका छन्।

उनले परम्परागत राजनैतिक दलहरूको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चंगुलबाट देशलाई अग्रगामी निकास दिन आवश्यक रहेकाले पहिचानवादीलाई सघाउने निर्णय भएको बताएका छन्। 

यसअघि बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले थेगिमलाई समर्थन गर्ने निर्णय गरेको थियो। थेगिमको पक्षमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि अभियान चलाइरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार