हेर्नुहोस् यस्तो छ तपाईको आजको राशिफल

सुरज चन्द

कैलाली : आज २०८० चैत २३ गते शुक्रबारको तपाईको दिन यस्तो रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

Dengue

भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोस् । जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला, साँझमा शुभ समाचार भने मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार