दुई युवालाई भिडाएर फाइदा लिने दाउमा कांग्रेस !

काठमाडौं : इलाम–२ मा आगामी वैशाख १५ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

गत निर्वाचनमार्फत निर्वाचित नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Dengue

दलहरूले आ–आफ्ना उम्मेदवार घोषणा गरेर मत माग्दै घरदैलो अभियानमा जुटिसकेका छन् । नेकपा एमालेले स्वर्गीय नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

रास्वपाले पनि पुर्वपत्रकार तथा माओवादी निकट मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा खटाइसकेको छ ।

यता, देशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले भने डम्बर खड्का लाई उम्मेदवार बनाएको छ । बिहिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो ।

खड्का यसअघिको प्रतिनिधिसभा निर्वाचनमा स्वर्गिय सुवास नेम्वाङसँग पराजीत भएका थिए । उनी नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । उनि इलाम कांग्रेसका जिल्ला सभापति समेत हुन् ।

वि.सं २०५६ यता सबै निर्वाचन जित्दै आएको एमाले र अघिल्लो निर्वाचनमा एक सय १४ मतको झिनो अन्तरले पराजित कांग्रेसले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङ र रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बू सत्ता गठबन्धनमा आबद्ध दलका उम्मेदवार हुन् । सुहाङलाई माओवादीको र समाजवादीको भित्री साथ छ तर पूर्व माओवादी तथा रास्वपाबाट उम्मेदवार बनेका मिलनले भोट काट्ने आङ्कलन गरिएको छ । जसको फाइदा कांग्रेसले लिने देखिन्छ ।

राजनीतिक प्रतिष्ठाको लडाइँका रुपमा रहेको इलाममा यो उपनिर्वाचनले अन्य धेरै कुराको प्रभाव पार्ने छ । यति मात्रै होइन,कोशीमा पछिल्लो समय पहिचानको मुद्दा बलियो रुपमा उठ्दै आएको छ । जसको कारण पनि उपनिर्वाचनको परिणाम सोचेभन्दा फरक पक्कै हुनेछ ।

हुन त, एमाले र रास्वपाका दुवै उम्मेदवार एउटै समुदायमा छन् । तर जातीय मुद्दा पेचिलो बनेका बेला दुबै जना एउटै समुदायबाट भएको कारण मत बाँडिने पक्का छ । जसको फाइदा कांग्रेसलाई हुन सक्छ ।

हुन त, एमालेले युवा उम्मेदवार सुहाङलाई चुनावी मैदानमा उतारेको छ ।सांगठानिकरुपमा सुहाङ बलिया पनि छन्, एमालेको विरासत पनि अब्बल नै रहेको छ । तर, उनी आफै भने सो भूगोलमा भिजेका उम्मेदवार भने होइनन् । सुहाङलाई सहानुभूतिको मत र सङ्गठनको मत त पाइनेछ तर यतिले मात्रै उनलाई चुनाव जित्न पर्याप्त नहुन सक्छ ।

यता, रास्वपाले उम्मेदवार बनाएका मिलनले यसअघि नै स्वतन्त्र उम्मेदवार दिइसेका उम्मेदवार हुन् । मिलन पहिचानवादीहरूबाट आफूले मत पाउनेमा विश्वस्त छन् । उनी पहिचानको मुद्दा लिएर जनतामाझ गएका छन् । रास्वपाबाट उम्मेदवार बन्दा उनी थप बलियो मनस्थितिमा छन् । उनलाई यतिले मात्रै चुनाव जित्न सहज नुहुने देखिन्छ । किन भने उनकै समुदायका र उनी जस्तै अर्का युवा उम्मेदवार छन् सुहाङ । सुहाङले उनले पाउने भनिएको मत काट्ने देखिन्छ । जसको फाइदा कांग्रेसलाई हुनेछ ।

सत्ता गठबन्धनमा रहेका पार्टीहरू बीच एक आपसमा भिडन्त हुने पक्का भएपछि दुवै जनाको मत बाँडिने सम्भावना बलियो छ । यसले गर्दा कांग्रेसलाई उपलब्धि हुने सम्भावना बलियो रहेको राजनीतिक विज्ञहरू बताउँछन् । कांग्रेस उम्मेदवार आम निर्वाचनमा ११४ मतले मात्र पराजित भएका थिए । जसले पनि कांग्रेस उप निर्वाचनमा जित्ने मनसायले मैदानमा उत्रिएको छ ।

७९ को समानुपातिक परिणाम

वि.सं २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा इलाम–२ को मतदाता एक लाख १५ हजार तीन सय ४२ रहेकोमा ६९ हजार चार सय ८१ मत खसेको थियो । खसेको मतमध्ये ६६ हजार आठ सय ८५ मत सदर र दुई हजार पाँच सय ९६ मत बदर भएको थियो ।

सदर मतमध्ये सबैभन्दा धेरै एमालेले २६ हजार पाँच सय ६२ मत पाएको थियो भने नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, मत प्राप्त गरेको थियो । साथै माओवादी केन्द्रले पाँच हजार एक सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८, मङ्गोल नेशनल अर्गनाईजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेका थिए ।

उपनिर्वाचनका लागि इलामको मतदाता दुई लाख २७ हजार १५ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदातामा महिला एक लाख नौ हजार नौ सय ३४, पुरुष एक लाख १७ हजार ७९ र अन्य दुई जना छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार