सहकारी ठगी प्रकरण : देशभर १४९ मुद्दा दर्ता, २७१ पक्राउ ११ सय १० फरार

काठमाडौं : नेपालमा यतिबेला सहकारी ठगी प्रकरणको व्यापक रूपमा चर्चा चलिरहेको छ। संसद्‌मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानविन समिति बनाउन लगातार आवाज उठाइरहेको छ। 

यता, प्रहरीको टाउको दुखाइ बनेका छन् ​जिबी राई। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार हिनामिना गरेको आरोप छ।

Dengue

प्रकरणमा मुछिएका राईविरुद्ध इन्टरपोलबाट ‘डिफ्युजन नोटिस’ गरिसकेको छ। हालसम्म उनलाई पक्राउ गर्न भने सकेको छैन।

यो त केवल अहिलेको सर्वत्र चर्चामा रहेको विषय हो। तर, पछिल्लो एक वर्षमा सहकारीमा भएको अनियमिततासम्बन्धी देशभर कुल १४९ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार यो वर्ष सहकारी ठगी प्रकरणमा  २ सय ७१ जना पक्राउ परेका छन्। हालसम्म ११ सय  १० जना आरोपीहरू फरार रहेको ढकालले जानकारी दिए। जनताको करिब ७ अर्ब रुपैयाँ बराबर जोखिममा छ।

गत वर्ष पनि सहकारी ठगीको ८९ मुद्दा दर्ता भएका थिए। जसमा ७७ संस्थाहरू थिए उक्त समयमा १९३ जना पक्राउ पर्दा ६ अर्ब १० करोड रुपैया बराबरको ठगी भएको प्रहरीको अभिलेख रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार