हेलिकप्टरमा जन्ती जाने रोक्नु पर्ने सांसदको माग

काठमाडौँ : केही महिना अघि सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनीको विवाह धेरै नै भड्किलो भएको टिप्पणी हुँदै आएको छ । त्यसकै सिको गर्दै सम्पत्तिवालहरूले हेलिकप्टरमा जन्ती ओसार्न थालेपछि संसद्मा नै यसबारे कुरा उठेको छ ।

प्रतिनिधिसभाको आज (बुधबार) को बैठकको शून्य समयमा सांसदहरूले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्यालगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

Dengue

सांसद मनिष झाले तराई-मधेससहित देशका विभिन्न स्थानमा वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडक विकृत संस्कृतिका रुपमा विकास भइरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले फिल्मी शैलीमा हेलिकप्टरमा जन्ती लैजाने गतिविधिले सामाजिक रुपमा आर्थिक दायित्व बढ्नुका साथै गाउँ बस्तीमा हेलिकप्टरको हावाले घरहरूमा क्षति पुर्‍याउने गरेको बताए ।

उनले विवाहका नाममा हल्दी, मेहन्दीजस्ता गतिविधिले दुलहीको माइतीमा आर्थिक दायित्व बढ्ने गरेको, गाउँबस्तीमा हेलिप्याड पनि नहुने भएकाले उडान सुरक्षामा समेत चुनौती थपिएकाले यस प्रकारका गतिविधिलाई तत्काल रोक्न आग्रह गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार