गण्डकीमा नयाँ सरकार गठन आह्वान, २७ चैतसम्मको समय

 पोखरा : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई सात दिनको समय दिएका छन् । प्रदेश प्रमुख भट्टले २७ चैतभित्र संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत पुर्‍याउन सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गरेका हुन् ।

सो दिन दिउँसो ३ बजेसम्मको समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो ।

Dengue

नेकपा एमाले र माओवादी केन्द्र राप्रपासँग मिलेर सरकार बनाउन प्रयासरत छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार