काठमाडौं : तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा कमल सिंह ऐरीको ह्याट्रिकको सहयोगमा आयरल्यान्ड वुल्भ्स १ सय ५७ रनमा अलआउट भएको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय ५७ रन मात्र बनायो ।
आयरल्यान्डका लागि केड क्रामिकलले ७७ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।
नेपालका लागि तीव्र गतिका बलर कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्